सुनसरीको कोशी गाउँपालिकामा हात्ती आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो ।
आइतबार राति कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्ती सोमबार बिहान फर्किने क्रममा कोशी गाउँपालिका ६ श्रीपुर घर भई वडा नं. ७ स्थित हरिपुरमा खेतमा काम गरिरहेका बेला हात्तीले आक्रमण गर्दा अन्दाजी २८ वर्षका प्रमोद यादवको मृत्यु भएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।














Discussion about this post