मोरङ : मोरङ जिल्लामा मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको आरोपमा चिसाङ खोला किनारका दुई क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन्।
जिल्ला प्रशासनको निर्देशनपछि उद्योग बन्द हुँदा पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कालोपत्र गर्ने काम प्रभावित भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङस्थित कालिका कन्स्ट्रक्सन र बेलबारीमा सञ्चालित कान्तिपुर क्रसर उद्योगमाथि कारबाही गरेको हो।
वातावरणीय प्रभाव मूल्याङ्कनबिना उत्खनन र आर्थिक अनियमितताको आशंकामा कागजात नियन्त्रणमा लिएर छानबिन अघि बढाइएको छ।
प्रशासनका अनुसार प्राविधिक समितिमार्फत अनुसन्धान भइरहेको छ भने निर्माण पक्षले सामग्री अभावका कारण दैनिक सडक कालोपत्र रोकिएको जनाएको छ।
कालिका कन्स्ट्रक्सनले सडक निर्माणका लागि आवश्यक ‘अस्फाल्ट’ (गिटी र अलकत्रेको मिश्रण) उत्पादन गर्दै आएको थियो । उक्त उद्योग कन्स्ट्रक्सनले निर्माण अवधिभर निर्माण सामग्री र अस्फाल्ट उत्पादन गर्न सम्झौता गरी करारमा लिएको बताइएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै उत्खनन गरेको र वास्तविक बिक्री मूल्यभन्दा आधा कम देखाएर बिल काट्ने गरेको सूचनाका आधारमा प्रशासनले छानबिन सुरु गरेको जनाएको छ ।















Discussion about this post