इटहरीबाट हराएको मोटरसाइकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीमा रहेको बर्गर हाउसमा पार्किङ गरि राखेका अवस्थामा मोटरसाइकल हराएको थियो ।
मोटरसाइकल हराएको भनि सुचना पाएसंगै कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले प्रदेश १ ९०५९००१ प ०२०७ नम्बरको प्लेट परिर्वतन गरि कुदाइ राखेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा झापाको डाँगिबारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।














Discussion about this post