इटहरी : रानी–विराटनगर–इटहरी–धरान निर्माणाधिन ६ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक विस्तारको ठेक्का पट्टा भएको स्थानमा सडक सीमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ ।
इटहरी उपमहानगरमा बसेको सरोकारवालाहरुको वैठकले उक्त निर्णय गरेको हो ।
सूचना जारी भएको सात दिनभित्र सडक सीमाभित्रको आ–आफनो संरचना नहटाए इटहरी उपमहानगर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतको सहयोगमा ठेक्कापट्टा भएको सडक सीमाभित्रका संरचना हटाउने निर्णय भएको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले जानकारी दिए ।
इटहरी उपमहानगरका प्रमुख चौधरी, उपप्रमुख लक्ष्मी गौतम, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख कमल थापा, इटहरीका वडाध्यक्षहरु तथा रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका प्रमुख बद्री प्रसाद शर्मा लगायत सरोकारवालाको बैठकले सूचना प्रकाशित भएको सातदिनभित्र संरचना हटाउने निर्णय गरेको हो ।
बैठकमा सडक सीमा भित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा वाधा भएको बिषयमा छलफल भएको थियो ।
यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा बसेको वैठकले सडक सीमा खाली गराउने निर्णय गरेको थियो ।












Discussion about this post