नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) मा पहिलो दिन करिब ४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ ।
नेपाली सेयर बजारको इतिहासमा नै सबैभन्दा ठूलो आईपीओको रुपमा यस बैंकले शुक्रबारदेखि ८ अर्बको आईपीओ निष्काशन शुरु गरेको छ ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा पाएको एनआईबीएल एस क्यापिटलका अनुसार शुक्रबार अपरान्हसम्म करिब ४ अर्ब रकम बराबरको आवेदन प्राप्त भइसकेको छ ।
शुक्रबार अबेरसम्म ३ करोड ८७ लाख ६४ हजार ३८० कित्ताका लागि ३ अर्ब ८७ करोड ६४ लाख ३८ हजार रुपैयाँको आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।
बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।
बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् ।













Discussion about this post