Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

फुजिसान सगरमाथा स्कुलका प्रबन्ध निर्देशक राकेश श्रेष्ठलाई आठ प्रश्न (अन्तर्वार्ता)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०७९
in अन्तर्वार्ता, समाचार
0
फुजिसान सगरमाथा स्कुलका प्रबन्ध निर्देशक राकेश श्रेष्ठलाई आठ प्रश्न (अन्तर्वार्ता)
252
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वि.सं. २०६४ सालमा स्थानीय गाउँका बालबालिकालाई घर नजिकै शिक्षा दिने उदेश्यले स्थापना भएको फुजिसान सगरमाथा बोर्डिङ स्कुलमा हाल तीन सय बढी विद्यार्थी छन् ।

इटहरी १९ मा रहेको यो विद्यालयमा कक्षा १० सम्म अध्यापन हुँदै आएको छ । लालबहादुर श्रेष्ठले ११ वर्ष जापान बसेर आएपछि विद्यालय स्थापना गरेका थिए । सुरुआती दिनमा नर्सरी र एलकेजीका कक्षामा पढाई हुँदै आएको विद्यालयले अहिले भने विभिन्न दक्ष शिक्षकबाट कक्षा सञ्चालन गर्दै आएको छ ।

यसै सन्दर्भमा विद्यालयको आगामी लक्ष्य, उदेश्य र विद्यार्थीको शैक्षिक स्तरोन्नतिका लागि के कस्तो तयारी छ भन्ने विषयमा केन्द्रित रहेर प्रबन्ध निर्देशक राकेश श्रेष्ठसँग टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश :–

१. विद्यालय स्थापना हुँदा कस्तो अवस्था थियो ?

यो विद्यालय आजभन्दा १५ वर्षअघि काठको घरबाट सुरुआत भएको हो । बुबा लालबहादुर श्रेष्ठ ११ वर्षसम्म जापान बस्नुभयो । जापानमै रहँदा आफ्नै ठाउँमा शैक्षिक स्तरोन्नतिका लागि लगानी गर्ने सोच बनाउनुभएको रहेछ ।

विश्वको सबैभन्दा ठूलो सगरमाथा आफ्नै देशमा रहेका कारण फुजिसान सगरमाथा नाम राखेर विद्यालय सुरु गरिएको हो ।

बुबामा शिक्षा क्षेत्रको लगाव र समाजमा केही काम गरौँ भन्ने हुटहुटी भएकै कारण विद्यालय स्थापना भएको हो । सुरुआती दिनमा इजाजत लिन पनि निकै मुस्किल थियो । तर, चुनौतीलाई सहजै स्वीकार गर्दै बालबालिकाले ध्वनिरहित र प्राकृतिक अध्ययन गर्न पाउनुपर्छ भनेर विद्यालय स्थापना गरिएको हो ।

२. विद्यालयको स्तरोन्नतिका लागि शिक्षक, अभिभावक र समुदायको कस्तो भूमिका छ ?

समाजभित्रै अभिभावक र विद्यार्थी हुनुहुन्छ । स्कुल यो प्रकारको हुनुपर्छ र यी पाठ्यक्रमका कुरा बढी सिकाइनुपर्छ भनेर अभिभावकले भनेकै आधारमा हामीले शिक्षा प्रदान गर्दै आएका छौँ ।

यस किसिमले हेर्दापनि अभिभावकमा सन्तुष्टि देखिन्छ । सुरुआती दिनमा यहाँ विद्यालय स्थापना गरिदाँ राज्यका लागि केही गर्न खोजिदैँछ भनेर समाजकै अभिभावक र गाउँलेको भूमिका अब्बल रह्यो । अभिभावक सन्तोषजनक रहेको हामीले पाएका छौं, यसले पनि हौसला मिलेको छ ।

३. अहिले कति विद्यार्थी अध्ययनरत छन्, पाठ्यक्रम बाहेकका सिकाई केके हुन्छन् ?

अहिले करीब ३ सय विद्यार्थी हुनुहुन्छ । हामी छिट्टै नै कक्षा १२ सम्म अध्यापन गर्ने योजना बनाएका छौँ । खासगरी भन्ने हो भने हामीले शिक्षाको ‘प्यार्टन’ परिवर्तन गरेका छौँ । पाठ्यक्रमकै सिकाइमा पनि हामीले प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएका छौँ ।

जस्तैः कुनै पाठमा नाटकको विषय उठान गरिएको छ भने हामी दक्ष कलाकार नै ल्याएर कक्षा सञ्चालन गर्दै आएका छौँ । सिकाइका क्रियाकलापमा नाट्य, बाध्य बाधन, कृषि र प्रविधिमा जोड दिने कुरामा हामी सक्रिय छौँ । विशेषतः अबको शिक्षा कृषि र प्रविधिमैत्री हुनुपर्छ भन्ने हाम्रो जोड छ ।

व्यवहारिक शिक्षाका कारण भविष्यमा एउटा विद्यार्थीले आत्मनिर्भर बन्न सक्छ । सोही अनुरुप हामीले व्यवहारिक शिक्षा प्रदान गर्दै आएका छौँ ।

४. विद्यार्थी आकर्षित गर्न कुन रणनीति अपनाइएको छ ?

माथि पनि कुरा आइसकेको छ । हामीले खासगरी प्रयोगात्मक कुरालाई जोड दिदैँ आएका छौँ । हामीले गत वर्ष धान दिवसको दिन धान रोपेका थियौँ । विद्यार्थीहरू स्वयम्ले धान रोप्ने, गोड्ने, काट्ने, छाँट्ने र बजारसम्म पु¥याउने कुरामा अग्रसर छन् ।

यसका लागि हामीले सहजीकरण गरेका छौँ । यो एउटा उदाहरण मात्रै हो । यस्ता, थुप्रै प्रयोगात्मक, व्यवहारिक सिकाइका कारण हामीकहाँ विद्यार्थी आकर्षित भइरहेका छन् । पाठ्यक्रममा मात्रै कनेक्ट गराउने नभइ कृषि र प्रविधिका कुरामा हाम्रो प्राथमिकता छ ।

५. शिक्षक, विद्यार्थीको अनुपात मिलेको छ ?

शिक्षक र विद्यार्थीको अनुपात मिलेको छ । विद्यार्थीको चाहनाअनुसार शिक्षकले सिकाउनुहुन्छ । कतिपय शिक्षकको चाहना अनुसार पनि विद्यार्थीले सहजै सिकेको पाएका छौँ । यसले हामीलाई थप जिम्मेवार पनि बनाएको छ ।

६. भौतिक पूर्वाधार अपांगमैत्री छ कि छैन?

हामीकहाँ भौतिक पूर्वाधार बालमैत्रीसँगै अपांगमैत्री रहेका छन् । भवनका तल्लो तलामा अपांगमैत्री भवन छन् । जहाँ विद्यार्थीलाई सिकाईसँगै खेलकुदका गतिविधिमा सक्रिय रहन सहज हुन्छ ।

७. विद्यालयको अबको योजना के छ ?

शिक्षण सिकाइमा परिवर्तन आउनुपर्छ भन्ने हाम्रो कुरा हो । सुनाइ, पढाइ, बोलाइ र लेखाइका कुरामा आधारित रहेर थप निखारपन ल्याउनका निम्ति हामीले लगानी गर्दै आएका छौँ ।

विद्यार्थीहरूले कतिको बोलिरहेका छन् भनेर हामी भिडियो खिचेर राख्छौँ । ‘बेसिक’ लेभलबाटै सिकाइरहेका छौँ । खासगरी शिक्षक, शिक्षिकाका लागि व्यवसायिक विकास गर्न विद्यालयले छुट्टै बजेट विनियोजन गरेको छ । विद्यार्थीलाई कौशलतापूर्वक व्यवहार गर्नुपर्ने हुन्छ ।

त्यस क्षेत्रका लागि बजेट नै छुट्याएका छौँ । शिक्षाको क्षेत्रमार्फत समाज परिवर्तन र सुधार गर्ने नीति ल्याइ उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षक, शिक्षिकाले भविष्यमा एक लाख सम्म तलव खान बाहिर जानुपर्दैन ।

अब समाजले पनि शिक्षा क्षेत्रलाई सम्मानजनक व्यवहार गर्न आवश्यक देखिन्छ । शिक्षा पेशालाई आकर्षित गर्न हामीले प्रोत्साहन गर्ने गरेका छौँ । अहिले समाजको दृष्टिकोणमा शिक्षक भनेको अन्य कहिँ जागिर नपाएर अन्तिममा निजी विद्यालय गएको भन्ने गलत ‘कन्सेप्ट’ छ, त्यो कुरा चिर्न हाम्रो ‘फोकस’ रहन्छ ।

शिक्षामा समय परिवर्तनशील छ । स्कुलले पनि सोही अनुसार ‘प्रोग्रेसिभ मोडल’ ल्याउँछ । सीप, संस्कार, प्रविधिलाई प्राथमिकता राखेर हामीले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य राखेका छौँ ।

८. अन्य केही छन् ?

शिक्षक कक्षा जानुभन्दा अगाडि योजना बनाएर काम गर्दै आएका छौँ । साथै, हामीले बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै हेल्थ केयर रुम व्यवस्थित गरेका छौं । त्यहाँ अक्सिजन, ह्वील चियरसँगै प्राथमिक उपचार हुन्छ । सामान्य समस्याका लागि विद्यार्थीहरू घर गइराख्नुपर्ने बाध्यता हटेको छ ।

छात्राहरूमा महिनावारी समस्या हुँदा र कतिपय विद्यार्थीमा टाउको दुख्ने समस्या हुँदा एकछिन ‘बेड रेस्ट’ गरेपछि कक्षा छुट्दैन । जसकारण पनि हामीकहाँ विद्यार्थी आकर्षित हुन्छन् । अब शिक्षण सिकाइ र विद्यार्थीको स्तरोन्नतिका लागि हामी साँच्चिकै लागि परेका छौं ।

Tags: अन्तर्वार्ताफुजिसानराकेश श्रेष्ठ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी
FEATURE BREAKING

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने...

समाचार

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    321 shares
    Share 128 Tweet 80
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.