मोरङको मिक्लाजुङ १ का शिक्षकको विप्लव समूहका कार्यकर्ताहरुले गोली हानेर हत्या गरेको भनिएपनि उनको घाँटी रेटेर हत्या भएको खुलेको छ ।
घटनास्थलमा प्रहरी र गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य समेत पुगेपछि प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गोली हानेर नभई घाँटी रेटेर भएको खुलेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष सरला राईले घटनास्थल पुगेका अध्यक्षसँग फोन सम्पर्क हुँदा घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको भनेर जानकारी दिएको बताइन् । ‘बिहान गोली हानेर मारेको भन्ने थियो, तर अध्यक्ष ज्यु नै पुगेपछि घाँटी रेटेर हत्या भएको रहेछ भन्नु भयो,’उपाध्यक्ष राईले भनिन् ।
मृतक श्रेष्ठ वडा नं १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्काका अनुसार विप्लव समूहका कार्यकर्ताले चन्दा मागेको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रधानाध्यापक श्रेष्ठलाई विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए ।
यो पनि – मिक्लाजुङमा विप्लव समूहले गोली हानेर प्रधानाध्यापकको हत्या














Discussion about this post