मोरङको उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३५ वर्षीय दिलमायालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका २ सिरुझार बस्ने ४५ वर्षीय डिकबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा राईले दिलमायालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी थिईन् । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका डिकबहादुरलाई कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षण उद्धव पोखरेले जानकारी दिए ।
Discussion about this post