Monday, May 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा श्वास नै रोकिने गरी फैलिएको धुवाँ कहाँबाट आयो ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीमा श्वास नै रोकिने गरी फैलिएको धुवाँ कहाँबाट आयो ?

इटहरी क्षेत्रमा देखिएको फैलिएको धुवाँले जनजीवन प्रभावित बनेको छ ।

934
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा मध्यरातिदेखि श्वास रोकिनेगरी धुँवा फैलिएर वातावरण प्रदूषित बनेको छ । वातावरण प्रदूषित बन्दा श्वास फेर्नै गाह्रो हुने र आँखासमेत समस्या भइरहेको स्थानीयबासीको भनाइ छ ।

इटहरी २ का रोशन अधिकारीले इटहरी–धरान सडकखण्डमा रहेको चारकोसे झाडीमा मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमासमेत समस्या भइरहेको बताए ।

‘चारकोसे क्षेत्रमा रातिदेखि नै डढेलो लागेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘चारकोसेको बीच भागतिर डढेलो लाग्दा सबै क्षेत्रमा समस्या भएको छ । श्वास फेर्न, आँखा हेर्न मात्रै होइन । बाटोमा आवतजावत गर्ने यात्रुहरूलाईसमेत समस्या भइरहेको छ ।’

उनले तत्काल आगो निभाउनका निम्ति नियामक निकायले चासो दिनुपर्ने बताए ।

‘आगो कहाँदेखि कहाँसम्म लागेको भन्ने पनि थाहा भएन,’ अधिकारीले भने, ‘यसबारे वन कार्यालय र स्थानीय सरकारले तत्काल चासो देखाएर आगो निभाउनुपर्छ ।’

यस क्षेत्रमा धरान हुँदै पहाडी जिल्ला जाने सयौँ यात्रुहरू आवतजावत गर्छन् । तर, जताततै धुवाँ फैलिएका कारण बाटो हिँड्ने यात्रुहरूलाईसमेत समस्या भइरहेको छ ।

इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीले यसबारे आफूले बुझ्ने र डढेलो लागेको भए वन कार्यालयसँग समन्वय गर्ने बताए ।

बराहक्षेत्रको जंगल क्षेत्रमा डढेलो लागेको र त्यसबाट धुवाँ फैलिएको उनले बताए । ‘बराहक्षेत्रको जंगलमा आगो लागेको र निभाएका कारण धुवाँ फैलिएको कुरा आएको छ,’ उनले भने ।

उनले इटहरी क्षेत्र सेउती छेउ नजिकै पनि डढेलो लागे, नलागेकोबारे बुझ्ने काम भइरहेको बताए ।

‘धरान उपमहानगरले सेउतीदेखि पूर्वदेखि साइटमा आगो लगाउने र त्यसबाट धुवाँ आउने केही दिनअघि मात्रै गुनासो आएको थियो,’ उनले टाकुरा न्यूजसँग भने, ‘मैले धरानको वातावरण शाखासँग कुरा गर्दा जंगलमा लागेको आगो पुर्ने कार्य गर्ने भन्ने कुरा भएको छ ।’

उनले अहिले पनि धरान उपमहानगर र वन कार्यालयसँग समन्वय गर्ने बताए । आवश्यक परेको अवस्थामा दमकलबाट पानी लगाएर आगो निभाउने उनको भनाइ छ ।

खासगरी घाँस नपलाउँदा घाँसका लागि डढेलो लगाउने गर्दासमेत डढेलो लाग्ने जानकारहरू बताउँछन् कतिपयले आफैँ जानाजान आगो लगाउने, कतिपयले धुम्रपान सेवन गरेर जंगलमा फाल्दासमेत आगलागी र डढेलो लाग्ने बताइन्छ ।

जंगलमा लागेको डढेलो निभाउदा केही हदसम्म सहज हुने इटहरीबासीको भनाइ छ ।

यसबारे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाले जंगल क्षेत्रमा डढेलो लगाउने कार्य गर्ने मानिसको पहिचान गरी कारबाहीको दायरामा ल्याउने बताए ।

‘आगोजन्य पदार्थका कारण मानवीय क्षति हुँदै आइरहेको घटना बाहिरिएपनि मानिसहरू सचेत बनेको पाइँदैन,’ तिम्सिनाले भने, ‘जंगलमा डढेलो लगाएर अपराध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेसम्मको प्रहरी टोलीको गस्ती परिचालन गरिएको छ ।’

उनले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयबाट प्रदेशका १४ वटै जिल्लामा प्रहरी टोली खटिइरहेकोसमेत बताए ।

‘डढेलो लागेको क्षेत्र विकट हुन्छ । प्रहरीकै पहुँचभन्दा बाहिरका एरियामा चरम लापरबाही भएको गुनासोहरू आइरहेका छन्,’ उनले भने ।

Tags: टाकुरा विशेषधुवाँवातावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
FEATURE BREAKING

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1546 shares
    Share 618 Tweet 387
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    617 shares
    Share 247 Tweet 154
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.