इटहरी : इटहरीमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ७ का २५ वर्षीय भीम पण्डितको हत्या भएको हो । उनलाई सिटी सफारीमा आएका स्थानीय उमेश चौधरीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।
उक्त घटना रामजानकी चौकमा भएको हो । साइकलमा यात्रा गरिरहेका पण्डितलाई सफारीबाट आएका उमेशले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ ।












Discussion about this post