इटहरी : इटहरीमा भाला प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । सोमबार इटहरी २ बेलगाछीका केशव कार्कीको भाला प्रहार गरी हत्या गरिएको हो ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार अन्दाजी १ बजेको समयमा स्थानीय ५० वर्षीय कार्कीको हत्या भएको हो । हत्या गर्ने सोही ठाउँका जीवनाथ रेग्मी रहेका छन् ।
घटनामा संलग्न ५५ वर्षीय रेग्मीलाई प्रहरीले तत्कालै स्थानीयको सहयोगमा पक्राउ समेत गरेको छ । रेग्मी र कार्कीबीच काठको विषयलाई लिएर सामान्य मनमुटाव रहेको स्थानीयको भनाइ छ ।
स्थानीयको भनाइ अनुसार दिउँसो घरमै सुतिरहेका बेला कार्कीलाई रेग्मीले भाला प्रहार गरेका थिए । भालाले लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि स्थानीय अस्पताल लगेपनि उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो ।
हत्याको कारण भने व्यक्तिगत रिसिइबी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक कार्कीको शब पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
Discussion about this post