इटहरी : इटहरीमा एक व्यक्तिमाथि भाला प्रहार भएको छ ।
इटहरी २ का केशव कार्की माथि सोमबार भाला प्रहार भएको हो । प्रहरी श्रोतका अनुसार अन्दाजी ४५ वर्षीय कार्कीमाथि सुतेकै ठाउँमा भाला प्रहार भएको हो।
भाला प्रहार गर्नेको पहिचान हुन बाँकी रहेको र ती व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । घाइतेलाई धरान स्थित वीपी प्रतिष्ठान लगिएको छ।
वीपी प्रतिष्ठान स्रोतका अनुसार कार्की गम्भीर घाइते भएका छन्।
“भर्खरै एम्बुलेन्समा ल्याइपुर्याएको अवस्था छ,” प्रतिष्ठान स्रोतले टाकुरान्यूजसँग भन्यो, “अवस्था गम्भीर भएकाले अहिले केही भन्न सक्ने अवस्था छैन ।”
Discussion about this post