मोरङको रंगेली नगरपालिका ३ मा एकजना महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको छ ।
धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार विहान रङ्गेली नगरपालिका–३ की २४ वर्षीया अनिता यादवको शव फेला परेको हो ।
बेचन यादवकी श्रीमती अनिताको रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिएको छ,’ एसपी खड्काले भने, ‘अहिले मोरङ प्रहरी र इप्रका रंगेलीका प्रहरी टोली परिचालन भएर अनुस्न्धान भइरहेको छ ।’
प्रहरीले घटनाको श्रीमान बेचनसहित, ससुरा, सासु र देवर विनोद यादवलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ थालेको छ ।
‘कसले हत्या गर्यो त्यो पहिचान भइसकेको छैन,’ एसपी खड्काले भने, ‘परिवारको चार सदस्यमाथि हामीले अनुसन्धान थालेका छौं ।’
घटनाको अनुसन्धान भइरहेकाले अनुसन्धानपछि मात्रै हत्या गर्नेको पहिचान हुने प्रहरीले जनाएको छ ।














Discussion about this post