इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका ३ का ४० वर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ वर्षीय पुजन राई पक्राउ परेका छन् ।
आज बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हत्यामा संग्लग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो पनि – मोरङमा बढ्दै आपराधिक क्रियाकलाप स् ओछ्यानमै एक पुरुषको बीभत्स हत्या














Discussion about this post