धरान : एक राष्ट्रिय पत्रिकामा प्रकाशित समाचार प्रति नेपाल दलित सङ्घ धरान उपमहानगर कमिटिले आपत्ति जनाएको छ। ज्येष्ठ ४ गते ‘सर्दुको १८२ बिघा फिर्ता’ शीर्षकको समाचारमा सङ्घले आपत्ति जनाएको हो ।
समाचारमा नेपाली काँग्रेस सुनसरी जिल्ला सदस्य किशोर राईको चरित्र हत्या गरिएकाले यस्ता कार्य कसैको उक्साहटमा बिना प्रमाण नगर्न विज्ञप्तिमा भनिएको छ ।
आइतबार सङ्घका धरान नगर समिति सभापति गणेश परियारद्वारा जारी विज्ञप्तिमा बिना प्रमाण पत्रकारिताको आधारभूत मान्यता विपरीत समाचार प्रकाशन भएको उल्लेख गरिएको छ।
“कसैको उक्साहटमा र आर्थिक प्रलोभनमा परि अरूको सामाजिक मानमर्दन गर्दै सामाजिक प्रतिष्ठामा आँच आउने गरी गरिएको यस्तो हर्कतको जति निन्दा गरे पनि कमी नै हुन्छ ।,” विज्ञप्तिमा भनिएको छ ।
साथै गलत समाचारको प्रभावमा नपर्न सर्वसाधारणलाई अपिल गरिएको छ । सोही भाषाको विज्ञप्तिमार्फत धरान फुटबल क्लबले समेत विज्ञप्ति सार्वजनिक गरेको छ ।















Discussion about this post