तरहरा : छतबाट लडेर निधन भएका इटहरी २० तरहराका सूर्य राईको आइतबार (भोलि) अन्त्यष्टि गरिने भएको छ ।
असार १९ गते शनिबार घरको छतबाट लडेर निधन भएका ६६ वर्षीय राईको आइतबार (भोलि) २७ गते दिउँसो १ बजे तरहराको पानीपियामा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
‘अमेरिकाबाट दुई छोराहरु आउने भएका कारण शव अन्त्यष्टि गरिएको थिएन,’ पारिवारिक स्रोतले भन्यो, ‘आज (शनिबार) दुवै छोराहरु घर आइसकेकाले भोलि आइतबार पानीपियामा अन्त्यष्टि गरिन लागेको हो ।’
राईको पार्थिव शरीर हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।
“सूर्य सर“ नामले परिचीत राई महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख समेत हुन् । अघिल्लो शनिबार घरभित्र पानी पसेपछि छतमा गएर पाइप लिकेज भएको ठाउँमा हेर्ने क्रममा चिप्लिएर लड्दा उनको निधन भएको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।
नागरिक समाज इटहरीका सल्लाहकार समेत रहेका उनी धेरै विद्यार्थीहरुका गुरु, स्थानीय युवाहरुका मार्गनिर्देशक तथा तरहराका बुद्धिजीवी व्यक्ति हुन् ।
सीमान्तकृतहरुबारे उनको दृष्टिकोण प्रष्ट रहेको तरहराका बुद्धिजीवीहरुको तर्क छ ।
मृतक किरात राई यायोक्खा सुनसरीको संस्थापक सचिव पनि हुन् । उनी २०४७ देखि २०५३ सम्म २ कार्यकाल सचिवको रुपमा रहेका थिए ।
राईका धेरै शुभचिन्तकहरु रहेको र उनको मलामीमा सहभागी हुनेहरुका लागि आइतबार दिउँसो १ बजे निजनिवास इटहरी २० तरहराको एकतामार्गमा भेला भइ पानीपियातर्फ लगिने स्थानीयले बताएका छन् ।
यो पनि – घरमा पानी चुहिएर हेर्न जाने क्रममा चिप्लिएर लड्दा तरहराका सूर्य राईको मृत्यु















Discussion about this post