इटहरी : इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीको सरुवा भएको छ ।
बिहीबार (आज) प्रहरी प्रधान कार्यालयले डीएसपी केसीसहित नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको हो । डीएसपी केसी नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा सरुवा भएका छन् ।
उनको ठाउँमा खगेन्द्रबहादुर खड्का आउने भएका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंसिर महिनाको तलब भत्ता समेत सरूवा भएको दरबन्दीबाट खान पाउनेगरि ९५ जना डीएसपीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ ?












Discussion about this post