इटहरी : प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको घटनाबारे चासो देखाएका छन् ।
आइतबार एक महिला प्रहरीको ज्यान जानेगरी भएको घटनापछि प्रधानमन्त्री देउवाले सोमबार सुन्दरहरैँचा नगरपालिकामा आएर घटनाबारे चासो देखाएका हुन् ।
घटनामा चासो व्यक्त गर्दै प्रधानमन्त्री देउवाले प्रहरीको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताए ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यासपछि बोल्दै उनले अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए ।
उनले भने, ‘अपराधिक गतिविधि गर्ने कसैलाई छुट छैन, हत्यामा संलग्नलाई कारबाही हुन्छ ।’
होली खेल्ने क्रममा खेरुवा स्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।
यो पनि – लेटाङ घटना अपडेट : पाँच जना पक्राउ














Discussion about this post