इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा कोरोनाका कारण तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।
Discussion about this post