कोरोना भाइरस संक्रमणका कारण इटहरी २० तरहराका टीकाबहादुर गुरुङको मृत्यु भएको छ । उनी भूतपूर्व गोर्खा सैनिक हुन् ।
गत जनवरी १२ तारिखमा कोरोना पुष्टि भएपछि गुरुङलाई बेलायतको रेडिङस्थित रोयल वर्कसायर अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारजनले जनाएका छन् ।
आर्मी नम्बर २११५३८०३ भएका गुरुङको बिहीबार कोभिड संक्रमणका कारण रेडिङमा निधन भएको छोरा गणेश गुरुङले जानकारी दिए ।
उनी २ छोरा र श्रीमतीका साथ रेडिङमा बस्दै आएका थिए । सन् १९४४ फेब्रुअरी २८ मा भोजपुरमा जन्मिएका गुरुङ पछि इटहरी २० तरहरामा बसाईँ सरेका थिए ।
कोरोना भाइरसको नयां भेरियन्ट बढी संक्रामक र घातक रहेको वैज्ञानिकहरुले बताइरहंदा यसले बेलायत नराम्ररी प्रभावित बनेको छ । यससँगै नेपाली समुदाय पनि पीडित बनेको छ ।













Discussion about this post