Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जोगबनी नाका नखुल्दा सकस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०७७
in समाचार
0
भारतबाट जोगवनी नाका हुँदै विराटनगर आए ३ सय बढी नागरिक

साकेतिक तस्वीर ।

460
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिका–१५ स्थित रानी नाका हुँदै आइतबार दिउँसो ३:२० बजेतिर नेपाल प्रहरीका एसएसपी कृष्णहरि शर्मा भारतको जोगबनीतिर लागे। परिवारका सदस्य र आफन्तसहित किनमेलका लागि भन्दै उनी भारतदेखि विराटनगर प्रवेश गर्ने मुख्य नाकाबाट जोगबनी बजार पुगेका हुन्। शर्मालाई विराटनगर भन्सारको पुरानो कार्यालय नजिक रहेको नाका कटाएर जोगबनी पुर्‍याउन सादा पोसाकमा रहेका प्रहरीले सहयोग गरे।

नेपाल प्रहरीका अधिकृत नै घरायसी काम र किनमेलका लागि जोगबनीतिर लागेको देखेपछि समस्यामा परेका सर्वसाधरणलाई नाका खुलेको अनुमान गरे। केही जोगबनीतिर जान पनि खोजे। तर, नेपाल र सशस्त्र प्रहरीले सर्वसाधारणलाई भने आवतजावत गर्न दिएनन्।

मुख्य नाकाबाट छिर्न नपाएपछि उनीहरू दरैया, हुलास मेटल लगायतका चोर बाटो प्रयोग गर्दै जोगबनी छिरे। तर, सीमामा तैनाथ सुरक्षाकर्मीले रोकेपछि उनीहरू चोर बाटो अपनाएका हुन्।

उच्च प्रहरी अधिकृतले जोगबनीतिर सहज रूपमा प्रवेश पाइरहँदा सर्वसाधारणलाई भने आवतजावतमा रोक लगाइएको थियो। नाका खुला हुनुपर्ने माग राख्दै लामै समयदेखि सर्वसाधारणले नेपाल–भारत सीमा क्षेत्रमा धर्ना दिने र प्रदर्शन गर्नेलगायतका आन्दोलनका कार्यक्रम गरिरहेका छन्। तर पनि २०७६ साल फागुन ११ गतेबाट सिल भएको नाका अझै खुलेको छैन।

संक्रमण कम हुँदै गइरहे पनि लामो समयदेखि बन्द गरिएको नाका नखुल्दा आफूहरू मारमा परेको स्थानीय बासिन्दाको गुनासो छ। रानीस्थित विराटनगर भन्सारको पुरानो कार्यालय नजिकका तीनवटै ढाट बन्द गरिएको छ। विराटनगर–१५ मा रहेको १ र २ नम्बर तथा विराटनगर–१६ मा रहेको ३ नम्बर ढाट १० महिना अघिदेखि बन्द छन्।

कोरोना संक्रमण मत्थर हुँदै गए पनि ढाट भने लागेको लाग्यै छ। नयाँ प्रकारको भाइरस देखापरेपछि थप कडाइ गर्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ मानिस तथा सवारीसाधनको आवतजावत गर्न दिइएको छैन। तर, दुई देशबीचको आवतजावत भने रोकिएको छैन।

सीमा नाका बन्द हुँदा पछिल्लो समय घरायसी किनमेल, औषधि उपचार, आफन्त भेटघाट, घुमफिरलगायतका कार्य प्रभावित भएको भन्दै जनस्तरबाट पनि खुला गर्नुपर्ने माग राखेर विभिन्न दबाबमुलक कार्यक्रम भइरहेका छन्। सीमाबाट आवागमन गर्ने प्रोटोकलका बारेमा जानकारी नहुँदा सीमा क्षेत्रअन्तर्गत रानीमा आइतबार स्थानीय बासिन्दाले प्रदर्शन गरे।

युथ युनिटी अफ नेपाल नामक संस्थाका युवा र आसपासका स्थानीयले विगतमा जस्तै सीमा खुला हुनुपर्ने र स्वतन्त्र रूपमा आवतजावत गर्न पाउनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन्। ‘यति साह्रै असहज हुँदा र अति आवश्यक काममा पनि आउजाउ गर्न पाइएको छैन,’ संस्थाका उपाध्यक्ष अब्दुल हमिदले भने, ‘जान खोज्यो भने प्रहरीले रोकिहाल्छ । सर्वसाधारणलाई रोकिनु र ठूलाबडालाई छाडिनु ठूलो विभेद हो।’

स्थानीय मोहम्मद इसामुदिनले नेपालसँग प्रत्यक्ष सम्बन्ध जोडिएको भारतीय नाका लामो समयदेखि बन्द हुँदा सर्वसाधारणलाई सामान्य हिसाबले जीवनयापन गर्न पनि मुस्किल परिरहेको सुनाए। मन्त्रिपरिषद् बैठकपछि सरकारले माघ १६ देखि आवश्यक सर्तसहित नाका खुुला गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरू आवश्यक प्रोटोकलसहित खुला गर्न निर्देशन दिँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ।  भारतीय नागरिकहरूको हकमा गृह मन्त्रालयसँग स्वीकृति लिएर मात्रै नेपाल प्रवेश दिने व्यवस्था मिलाइएको छ। त्यस्तै नयाँ भाइरस देखिएको ठाउँबाट आउने नागरिकहरूले ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट पनि साथमा लिएर आउनुपर्ने नियम सरकारले बनाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

सरकारी निर्देशनअनुसार इलाम, झापा, मोरङ, सिरहा, रौतहट, पर्सा वीरगञ्ज, रसुवा, रूपन्देही, बाँके, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका नाका खुल्ला भएको गृह मन्त्रालयले जनाएको छ। तर, नाकामा आवतजावत गर्नेले भने तोकिएको निमय पूरा गर्नुपर्ने जनाएको छ।

किशोर बुढाथोकीले लेखेको यो समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।

Tags: #विराटनगरनाका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

झापा : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट...

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.