Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उपचारमा लागेको खर्च नतिरेको भन्दै नोबेलले शब दिएन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०७७
in समाचार
0
नोबल अस्पतालको फट्याईँ : उदयपुर घर भएकै कारण फेरि निकाल्यो बिरामी
148
SHARES
Share on FacebookShare on Twitter

विराटनगरको नोबेल शिक्षण अस्पतालले उपचारका क्रममा मृत्यु भएका एक पुरुषको शव आफन्तलाई दिन अस्वीकार गरेको छ ।

उपचारवापत लागेको पूरै खर्च नतिरेको भन्दै अस्पतालले झापाको दमक नगरपालिका–८ का ४८ वर्षीय सुरज बुढाथोकीको शव दुई दिनदेखि नदिएको हो । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको छ ।

आफूले चलाउने गरेको सफारी बिग्रिएपछि बनाउन ग्यारेजमा लैजाने क्रममा गत माघ २ गते उनी अचानक बेहोस भएर ढले । आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि बुढाथोकीलाई दमकस्थित लाइफलाइन अस्पताल लगे । उपचार सम्भव नहुने अस्पतालले बताएपछि उनलाई सोही दिन नोबेल अस्पताल ल्याइएको हो ।

अस्पतालले उच्च रक्तचापको समस्याले बेहोस् भएको बताउँदै बिरामीलाई तत्काल आइसियूमा राख्यो । त्यसपछि स्वास्थ्य अवस्था थप जटिल बनेको भनेर भेन्टिलेटरमा पुर्‍याइयो । टाउकोमा रगत जमेर नसामा समस्या भएको हुनसक्ने बताउँदै चिकित्सकले भेन्टिलेटरमा राखेको पाँच दिनपछि शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको जेठी छोरी सुजना बुढाथोकीले बताइन् ।

भेन्टिलेटरमा राख्दै थप उपचार गराइरहेका बुढाथोकीको शल्यक्रिया गरेको १२ दिनपछि मृत्यु भएको हो ।
‘नसा खुम्चिएका कारण ब्रेनको हड्डी नै निकाल्नु पर्‍यो भनेर चिकित्सकले हामीलाई जानकारी दिएका थिए,’ उनले भनिन्, ‘तर शल्यक्रिया सफल भएको भनिए पनि अहिले उपचारकै क्रममा बुबाको निधन भयो ।’

अस्पतालले परिवारका सदस्यलाई उपचारवापतको एक लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिएको उनले बताइन् । त्यही पैसा तिर्न नसक्दा अस्पतालले शव नदिएको उनको गुनासो छ ।

उपचारवापत धेरै पैसा तिरिसकेको र बिरामीको पनि मृत्यु भइसकेको अवस्थामा बाँकी रहेको थोरै रकम छुट गरेर शव आफूहरूलाई दिनुपर्ने माग परिवारका सदस्य तथा आफन्तको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालले परिवारकै सहमतिमा उपचार थालिएका कारण बिरामीको मृत्यु भए पनि उपचारवापत लागेको रकम भने अस्पताललाई तिर्नुपर्ने बताए । ‘उपचारको पैसा तिर्न बाँकी रहे पनि मृतकका कोही आफन्त अस्पताल प्रशासनको सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘हुन त सम्पर्कमा आए पनि डा. शर्माबाहेक अरुले छुट दिनसक्ने अवस्था छैन ।’

कोसी अनलाइनबाट

Tags: #विराटनगरनोबेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.