Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उपचारमा लागेको खर्च नतिरेको भन्दै नोबेलले शब दिएन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १९, २०७७
in समाचार
0
नोबल अस्पतालको फट्याईँ : उदयपुर घर भएकै कारण फेरि निकाल्यो बिरामी
146
SHARES
Share on FacebookShare on Twitter

विराटनगरको नोबेल शिक्षण अस्पतालले उपचारका क्रममा मृत्यु भएका एक पुरुषको शव आफन्तलाई दिन अस्वीकार गरेको छ ।

उपचारवापत लागेको पूरै खर्च नतिरेको भन्दै अस्पतालले झापाको दमक नगरपालिका–८ का ४८ वर्षीय सुरज बुढाथोकीको शव दुई दिनदेखि नदिएको हो । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको छ ।

आफूले चलाउने गरेको सफारी बिग्रिएपछि बनाउन ग्यारेजमा लैजाने क्रममा गत माघ २ गते उनी अचानक बेहोस भएर ढले । आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि बुढाथोकीलाई दमकस्थित लाइफलाइन अस्पताल लगे । उपचार सम्भव नहुने अस्पतालले बताएपछि उनलाई सोही दिन नोबेल अस्पताल ल्याइएको हो ।

अस्पतालले उच्च रक्तचापको समस्याले बेहोस् भएको बताउँदै बिरामीलाई तत्काल आइसियूमा राख्यो । त्यसपछि स्वास्थ्य अवस्था थप जटिल बनेको भनेर भेन्टिलेटरमा पुर्‍याइयो । टाउकोमा रगत जमेर नसामा समस्या भएको हुनसक्ने बताउँदै चिकित्सकले भेन्टिलेटरमा राखेको पाँच दिनपछि शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको जेठी छोरी सुजना बुढाथोकीले बताइन् ।

भेन्टिलेटरमा राख्दै थप उपचार गराइरहेका बुढाथोकीको शल्यक्रिया गरेको १२ दिनपछि मृत्यु भएको हो ।
‘नसा खुम्चिएका कारण ब्रेनको हड्डी नै निकाल्नु पर्‍यो भनेर चिकित्सकले हामीलाई जानकारी दिएका थिए,’ उनले भनिन्, ‘तर शल्यक्रिया सफल भएको भनिए पनि अहिले उपचारकै क्रममा बुबाको निधन भयो ।’

अस्पतालले परिवारका सदस्यलाई उपचारवापतको एक लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिएको उनले बताइन् । त्यही पैसा तिर्न नसक्दा अस्पतालले शव नदिएको उनको गुनासो छ ।

उपचारवापत धेरै पैसा तिरिसकेको र बिरामीको पनि मृत्यु भइसकेको अवस्थामा बाँकी रहेको थोरै रकम छुट गरेर शव आफूहरूलाई दिनुपर्ने माग परिवारका सदस्य तथा आफन्तको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालले परिवारकै सहमतिमा उपचार थालिएका कारण बिरामीको मृत्यु भए पनि उपचारवापत लागेको रकम भने अस्पताललाई तिर्नुपर्ने बताए । ‘उपचारको पैसा तिर्न बाँकी रहे पनि मृतकका कोही आफन्त अस्पताल प्रशासनको सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘हुन त सम्पर्कमा आए पनि डा. शर्माबाहेक अरुले छुट दिनसक्ने अवस्था छैन ।’

कोसी अनलाइनबाट

Tags: #विराटनगरनोबेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

झापा : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट...

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.