झापाको बिर्तामोड नगरपालिका १ मा बसले पैदल यात्रीलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ ।
मंगलवार दिउँसो पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले पैदल यात्री बिर्तामोड नगरपालिका ६ का ३२ बर्षीय सागर मिश्रलाई ठक्कर दिंदा घाइते भएका मिश्रलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगेर उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post