नडाहा : बराहक्षेत्रमा रहेको ग्रामीण पत्रकार समूहले आयोजना गरेको रक्तदानमा ४४ जनाले रगत दिएका छन् ।
तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्कीले बताए ।
रक्तदान कार्यक्रममा बराहक्षेत्र नगरपालिका कर्मचारी, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, बाङ्गे गाइज, ग्रामीण पत्रकार समूह सदस्य लगायत स्थानीयको सहभागीता रहेको सचिव संगम विष्टले जानकारी दिए।
कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उप–प्रमुख कमल मगर, प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेल, चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्री लगायतको उपस्थिति रहेको थियो ।














Discussion about this post