Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा प्रहरी र होटल व्यवसायीबीच घम्साघम्सी, प्रहरीले लात्तीले हिर्काएको भिडियो भाइरल (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीमा प्रहरी र होटल व्यवसायीबीच घम्साघम्सी, प्रहरीले लात्तीले हिर्काएको भिडियो भाइरल (भिडियोसहित)
2.3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा प्रहरी र होटल व्यवसायीबीच घम्साघम्सी भएको छ । भ्यालेन्टाइनको रात करीब ९ बजे इटहरीको कुश होटलमा प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको हो ।

ईलाका प्रहरी कार्यालय इटहरीबाट आएका केही प्रहरीहरुले लात्तीले, हातले धेरैपटक कुटपिट गरेको दृश्य देखिन्छ । प्रहरीले लात्तैलात्ताले धेरैपटक कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ ।

उक्त दृश्य इटहरीको कुश होटल नजिकैको हो । कुश होटलमा धेरै भीडभाड बढेपछि प्रहरीलाई सुरक्षाका लागि बोलाइएपनि व्यक्तिगत ऋषिबिका कारण हातपातको स्थिति सृजना भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

कुश होटलका सञ्चालक सुसन अधिकारी र होटलमा आएका स्थानीय विजय लिम्बूलाई प्रहरीले पक्राउ समेत गरेको छ । यद्यपि, उनीहरुलाई प्रहरीले आजै छाडेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले व्यक्तिगत ऋषिबिका कारण हातपात गरेको थियो ।

होटल व्यवासायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार उक्त कुश होटलमा भीड भएर प्रहरीलाई सुरक्षाका लागि बोलाएपनि प्रहरीहरुले व्यवसायीलाई हातपात गरेका थिए ।

‘हिजो सबै होटलहरुमा भीड थियो, कन्ट्रोल हुन नसकेकाले प्रहरीलाई सुरक्षाका लागि बोलाइएपनि मुठभेडको स्थिति सृजना भयो,’ पराजुलीले टाकुरासँग भने, ‘दुवै पक्षको कुरा सुन्दा कसको गल्ती भएको भन्ने नै अन्यौल छ, प्रहरीका अनुसार व्यवसायीले सुरुमा हात छोडेको भन्ने कुरा छ ।’

व्यवसायीले सुरुमा प्रहरीमाथि हातपात सुरु गरेको प्रहरीले जनाएपनि सीसी टिभी फुटेज नभएकाले अन्यौलको स्थिति रहेको उनले बताए । उनले भने, ‘पुलिसलाई त व्यवसायीले कहाँ कुट्छ र ? फुटेज नभएका कारण अलिकति अन्यौल रह्यो ।’ उनले सुरक्षाको लागि प्रहरी बोलाउँदा दुवै पक्षबीच मुठभेडको स्थिति हुनुले नकारात्मक सन्देश गएको तर्क गरे ।

सुरक्षाका लागि बोलाइएका प्रहरीबाटै कुटपिट हुनु दुःखद् रहेको उनले बताए ।

यता, ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले भने होटलमा भीड भएकाले प्रहरीले क्लियर गर्ने क्रममा केही हातपात भएको प्रतिक्रिया दिए ।

‘भीडभाड भयो भनेर प्रहरी बोलाइएको थियो,’ केसीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘प्रहरीले क्लियर गर्ने क्रममा केही हानाहान भएको कुरा छ ।’ उनले ठूलो घटना केही नभएको भन्दै पक्राउ गरिएका दुईजनालाई मिलाएर छाडिसकिएको बताए ।

भिडियो

 

Tags: #इटहरी#होटलटाकुरा विशेषहातपात
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    245 shares
    Share 98 Tweet 61
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    238 shares
    Share 95 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.