इटहरी डेस्क : मोरङको उर्लाबारीको प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले भइरहेको र प्रहरीले कीर्ते कागज बनाउन नसक्ने जिकिर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङले आज पत्रकार सम्मेलन गरेर प्रहरीले कीर्ते कागज बनाउन नसक्ने जिकिर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले भने, ‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने भएकाले प्रहरीले कीर्ते गरी कागज बनाउन सक्दैन ।’
यसअघि प्रहरीले अनुसन्धान प्रतिवेदनमा मृतकको तस्वीर नै फेरेको पीडित परिवारले आरोप लगाएको थियो ।













Discussion about this post