Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राजस्व छलीका कर्तुत बाहिरिँदै, चारवटा फर्मविरुद्ध ४० करोडको मुद्दा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०७७
in समाचार
0
राजस्व छलीका कर्तुत बाहिरिँदै, चारवटा फर्मविरुद्ध ४० करोडको मुद्दा
397
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ ।

राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जना र वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक रजनीशकुमार गुप्तासहित चारवटा फर्मका सञ्चालकलाई करिब ४० करोड रूपैयाँभन्दा बढी असुलउपर र बिगो दाबी तथा कैद जरिमानाको मागसहित मुद्दा दायर गरेकोे हो ।

विभागले विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी राठीसहित तीन जनाविरुद्ध मुद्दा १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रूपैयाँको मुद्दा दायर गरेको छ । विभागले सोही फर्मका म्यानेजर गिरीधारीलाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूले भीसीटीएससमेतको पालना नगरेको आरोप विभागले लगाएको छ ।

झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गर्नेक्रम बढे पनि राजस्व छली गर्नेहरू निरुत्साहित हुन सकेका छैनन्

त्यसैगरी, विभागले वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक कुमार गुप्तासँग २५ करोड ८० लाख ६५ हजार ४ सय २३ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । रजनीश ट्रेडिङ कन्र्सन तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले ती व्यक्ति तथा फर्महरूमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ बमोजिम राजस्व चुहावट गरेको कसुरमा कारबाही हुने बताएको छ ।

विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभाले झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरे पनि अझै राजस्व छलीका घटना बाहिर आउनेक्रम नघटेको विभागले स्वीकारेको छ ।

यसअघि विभागले गत माघको अन्तिम साता मात्र विभिन्न ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा दायर गरेको थियो । त्यसको केही साता नबित्दै पुनः विभागले करिब ४० करोड रूपैयाँभन्दा बढीको मुद्दा दायर गरेको हो । अनुगमन एवं विशेष सुराकीको आधारमा एकैपटक यतिधेरै राजस्व छलीमा संलग्नहरूको अवैध धन्दा फेला पारी बाहिर ल्याएको विभागले जनाएको छ ।

राजस्व छलीमा समलग्न व्यवसायीले विभिन्न तरिका अपनाएर राजस्व छल्ने गरेको भेट्टिएको विभागले जनाएको छ । केहीले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, भ्याट विवरण तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी बीजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको पाइएको अनुसन्धानको क्रममा पुष्टि भएको विभागको दाबी छ ।

मधुजंग पाण्डेले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: राजस्व छली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?
FEATURE BREAKING

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति...

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
समाचार

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

by रासस
बैशाख १९, २०८३
0

झापा : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1525 shares
    Share 610 Tweet 381
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.