इटहरी (डेस्क) : मोरङको सुनवर्षीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज दिउँसो एक युवतीको मृत्यु भएको छ ।
ढिस्कोले पुरिएर भारतको दरभङ्गा घर भएकी २० वर्षीया वन्सुबिया यादवको दिउँसो २ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार केही दिनअघि मात्रै सुनवर्षी नगरपालिका–४ गान्धी आश्रमस्थित मामाघर आएकी वन्शुबिया मावली गाउँका तीन/चार जनासँग मिलेर माटो खन्न गएकी थिइन् ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले माटोभित्र पुरिएको अवस्थामा उनको शव बाहिर निकालेको थियो । शव पोस्टमार्टमा लागि रङ्गेली अस्पतालमा राखिएको छ । घटनामा एक बालिका र एक महिला घाइते भएका छन् ।
घाइते हुनेमा सुनवर्षी–४ की ९ वर्षीया बालिका मनिका यादव र ५५ वर्षीया महिला झोलिया यादव रहेको राईले बताए ।











Discussion about this post