Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रदेश १ मा सांसद तानातान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २३, २०७७
in समाचार
0
प्रदेश १ सरकारको तीन वर्ष : ९२ करोडका गाडी किनिए, विकास योजना छैन

तस्वीरमा प्रदेश १ को मुख्यमन्त्री कार्यालय ।

227
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ सभा सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन नेतृत्व गरेका नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले दाहाल–नेपाल समूह छाडेका छन् । उनी पार्टी एकता जोगाउने भन्दै नेकपाकै नेतृत्वमा सरकार गठन अभियानमा छन् । उनले भने, ‘पाँच वर्षका लागि नेकपाले जनमत पाएकाले पार्टी फुटाएर कांग्रेसलाई सरकारको नेतृत्व दिन मिल्छ ?’ यस्तो गर्दा पार्टी र कम्युनिस्ट आन्दोलन नै समाप्त हुने उनले दाबी गरे ।

प्रदेश १ का तत्कालीन माओवादीको संसदीय दलका नेता आङ्बुहाङ पार्टी एकतापछि नेकपाको उपनेता भएका थिए । पार्टीमा तत्कालीन माओवादीकै प्रदेशसभा सदस्यहरूले मन्त्री बन्न असहयोग गरेकाले असन्तुष्ट उनले पार्टी विभाजनपछि दलको नेता बन्ने अपेक्षा गरेका थिए तर अविश्वास प्रस्ताव दर्ता भएपछि दाहाल–नेपाल समूहले भीमप्रसाद आचार्यलाई दलको नेतामा निर्वाचित गरेकाले उनी झन् असन्तुष्ट बनेका हुन् ।

२/४ जना प्रदेशसभा सदस्यलाई लिएर मुख्यमन्त्री राईको समूहमा आउने उनको तयारी छ । ‘एउटा कित्तामा बस्नैपर्ने हुन्छ र त्यसका लागि तत्कालै निर्णय गरिसक्ने अवस्था आइसकेको छैन,’ आङ्बुहाङले भने, ‘मुख्यमन्त्री राईको समूहमा आएपछि दाहाल–नेपाल समूहबाट २/४ जना प्रदेशसभा सदस्यलाई लिएरै आउँछु ।’

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले एकातिर प्रदेशसभा बैठक लम्ब्याउने र अर्कातिर दाहाल–नेपाल समूहमा लागेका प्रदेशसभा सदस्यलाई रिझाएर आफ्नो समूहमा ल्याउन थालेका छन् । उनी तत्कालीन एमालेभन्दा पनि तत्कालीन माओवादीका प्रदेशसभा सदस्यलाई आफ्ना पक्षमा ल्याउने रणनीतिमा छन्, यसले दाहाल–नेपाल समूहलाई आफ्नो क्याम्पमा भएका प्रदेशसभा सदस्यहरू जोगाउन हम्मेहम्मे परेको छ । गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दलाई प्रयोग गरेर आफ्ना पक्षमा न्यूनतम ४२ जना प्रदेशसभा सदस्य ल्याउने र जनता समाजवादी दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको समर्थनमा अविश्वास प्रस्ताव असफल बनाउने मुख्यमन्त्री राईको रणनीति छ । तत्कालीन माओवादीका दुई/तीन प्रदेश सांसद चन्दको प्रभावमा छन् ।

दाहाल–नेपाल समूहले ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो, जसमध्ये ५ जनाले औपचारिक रूपमा हस्ताक्षर फिर्ता लिइसकेका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, कला घले र वसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएका हुन् । मुख्यमन्त्री राईले अहिले प्रदेशसभा सदस्य सीता थेबे र रामकुमार राईलाई फकाउन प्रयास गरिरहेको प्रदेशसभाका एक सदस्यले बताए । तर दुवै जनाले यो हल्लाले निष्ठामाथि घात गर्ने काम भइरहेको र आफूहरू दाहाल–नेपाल समूहबाट विचलित नहुने बताएका छन् ।

दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकार पक्षको दबाब र प्रभावमा परेर केहीले कित्ता फेर्दैमा फरक नपर्ने बताए । ‘सबैको विचार मान्ने आआफ्नो स्वतन्त्रता छ,’ उनले भने, ‘हाम्रो समूहबाट २/४ जना मुख्यमन्त्री समूहमा गएकाले केही फरक पर्दैन किनकि मुख्यमन्त्रीको समूहबाट पनि २/४ जना आउने तयारीमा छन् ।’ आफूहरू कुनै दबाबमा नभएको र पार्टीभित्र सामान्य बहुमतमै रहेको आङ्बोले बताए । उपनेता आङ्बुहाङले दाहाल–नेपाल समूह छाडेको उनले स्विकारे । नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राई नेतृत्वको सरकार बचाउन र अविश्वास प्रस्ताव असफल बनाउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक भए पनि उक्त संख्या नेकपामै पुर्‍याउन कठिन रहेको बताए । यसका लागि कांग्रेससँग मिल्नुको विकल्प नभएको उनको भनाइ छ ।

देवनारायण साहले लेखेको यो समाचार कान्तिपूर दैनिकबाट साभार गरिएको हो ।

Tags: #प्रदेश १प्रदेश सभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ
विविध

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : रसुवाको भोटेकोशी क्षेत्रमा भएको भीषण विपत्तिमा दिवंगत भएकाहरूको चिरशान्तिको कामना तथा बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न...

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा
FEATURE BREAKING

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

by अर्जुन उप्रेती
भदौ २२, २०८३
0

इटहरी : शिखर चुम्ने सपना पछाउँदै गर्दा आधार शिविरमै ज्यान गुमाउन पुगे टाशी शेर्पाले । टेन्टमा सुतिरहेकै अवस्थामा उनको मृत्यु...

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३
भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई ताप्ली गाउँपालिकाकाे उन्नाईस लाख सहयोग

भदौ २२, २०८३
भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

करेन्ट लागेर विद्युत कर्मचारीकोे ज्यान गयो

भदौ २२, २०८३
बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

बसाइँसराइले उदयपुरका पहाडी गाउँ रित्तिँदै

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

चार हजार तीन सय किलोभन्दा बढी गाँजासहित ९९ जना पक्राउ

भदौ २२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.