इटहरी (डेस्क) : मोरङको पथरीका सञ्जीव भण्डारीको मृत्यु भएका घरधनी तथा नेकपाका नेता युवराज बास्कोटामाथि सोमबार दुव्र्यवहार भएको छ ।
देशभर १११ औँ नारी दिवस मनाइरहँदा मोरङको पथरीशनिश्चरेमा नारी दिवसका अवसरमा आयोजित कार्यक्रमस्थलमा बास्कोटामाथि दुव्र्यवहार भएको हो ।
गत पुस १४ गते नेकपाका नेता बास्कोटाका घरमा मृत अवस्थामा भेटिएका पथरीशनिश्चरे वडा नं १० का १९ वर्षीय सञ्जीव भण्डारीकी आमा राधिका भण्डारीले आफ्ना गुनासाहरू राख्ने क्रम देखि नै असामान्य बनेको कार्यक्रम स्थलमा नेता बास्कोटा प्रवेश गर्नासाथ तनावग्रस्त बनेको थियो ।
नेता बास्कोटा कार्यक्रम स्थल प्रवेश गर्नासाथ उपस्थित महिलाहरूले नेता बास्कोटामाथि कुर्सी प्रहार गरेका थिए । आक्रोशित स्थानीय महिलाहरू बास्कोटामाथि जाइलाग्न थालेपछि प्रहरीले कार्यक्रम स्थल पुगेर बास्कोटालाई कार्यक्रम स्थलबाट निकालेका थिए ।
गत पुस १४ गते बिहानै भण्डारीको शव नेता बास्कोटाका घरमा भेटिएको थियो ।
नेकपा विभाजनको अवस्थामा पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई केन्द्रिय सदस्यका रूपमा नियुक्त गरेका थिए । आफू शपथ खान काठमाडौँ जानुपर्ने भन्दै केहि दिन उनको घर कुरिदिन नेता बास्कोटाले आग्रह गर्दै आफ्नो पिए बनाइदिने, जागिर मिलाईदिने लगायतका आश्वासन दिएको छोराले आफूलाई बताएको मृतक भण्डारीकी आमा राधिका भण्डारीको भनाइ छ ।
घटनाको २ महिना बितिसक्दा समेत प्रशासनले अनुसन्धान नगरेको मृतक भण्डारीकी आमा राधिका भण्डारीको आरोप रहेको छ ।











Discussion about this post