उर्लाबारी : आफ्ना दाइ प्रवीण बास्तोलाको हत्यामा संग्लनलाई कारवाहीको माग गर्दै आवाज उठाउने उर्लाबारी नगरपालिका–५ की सदीक्षा बास्तोलालाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र मिलन पाण्डेले भेटेका छन् ।
मङ्गलबार बिहान बास्तोलाको घरमै पुगेका मिश्र र पाण्डेले भेटेका हुन् ।
प्रदेश १ को यात्रामा रहेको बेला मङ्गलबार बिहान बास्तोलाको घरमै पुगेर भेटेको मिश्रले जानकारी दिए ।
गत पुस ५ गते शङ्कास्पद अवस्थामा मृत्यु भएका प्रवीणको हत्या भएको भन्दै आफन्तले किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले अनुसन्धान नगरेको भन्दै सदीक्षाले सामाजिक सञ्जालमा लाइभ गर्दा भाइरल बनेकी थिइन् ।











Discussion about this post