इटहरी : राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेतले इटहरी आएर प्रचण्ड थोते भएको संज्ञा दिएका छन् । शनिबार इटहरीमा युवा सङ्घ सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डले एमाले निल्न खोज्दा थोते भएको बताएका छन् ।
प्रचण्डले विभिन्न पार्टी निल्दै आएको आरोप लगाउँदै बस्नेतले एमाले निल्न खोज्दा प्रचण्डको दाँत भाँचिएर थोते भएको उदृत गरे ।
राजनीतिलाई पेसा बनाउन नहुने तर्क गर्दै उनले भने, अब व्यापार र उद्योगमा संलग्न भएका युवालाई युवा सङ्घमा राखिने छ ।
कार्यक्रममा युवा सङ्घ सुनसरी अध्यक्ष अमर गुरुङले केपी शर्मा ओली नेतृत्वको एमालेले सम्पूर्ण युवाहरूको मुद्दा सम्बोधन गर्ने बताए ।














Discussion about this post