विराटनगर : नेपाली काङ्ग्रेसका नेता एंव पूर्व राष्ट्रियसभा सदस्य अशोक कोइरालाको निधन भएको छ ।
विराटनगर–८ घर भएका ७८ वर्षिया कोइरालाको बिहीबार बिहान १ बजे विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
छातीमा भएको निमोनियाका कारण विरामी भएका कोइराला बुधबार अस्पतालमा भर्ना भएका थिए । कोइराला राष्ट्रिसभाका उपाध्यक्ष समेत भएर काम गरेका छन् । कोइराला २०४९ सालमा तत्कालिन विराटनगर नगरपालिकाको मेयर पनि हुन् ।
उनले नेपाली काङ्ग्रेस मोरङको तीन पटक जिल्ला सभापति भएर काम गरेका छन् ।



















Discussion about this post