इटहरी : लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको आयोजनामा इटहरी १४ नरभाषामा गरिएको स्वास्थ्य शिविरमा एक हजार बढी लाभान्वित भएका छन् ।
नोबेल अस्पताल विराटनगरका डाक्टर तथा प्राबिधिकहरुको सहयोगमा गरिएको शिविरमा दर्जनभन्दा बढी रोगको परीक्षणका साथै औषधी वितरण समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश नं. १ सांसद लिलम बस्नेतले शिविरबाट निम्नवर्गीय किसान तथा मजदुरहरुको परिवार लाभान्वित भएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
उनले प्रदेश सरकार समेत जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको बताए ।
कार्यक्रमका संयोजक डा. खगेन्द्र ओलीले भिडियो एक्सरे सहितको स्वास्थ्य शिविर गरिएकोले बिरामीहरू लाभान्वित भएको बताए । शिविरले रोगहरुको पहिचान तथा उपचार गर्नुका साथै जनचेतनासमेत जगाउने काम गरेको उनले बताए ।
लायन्स क्लबले निम्न वर्गीय व्यक्ति तथा परिवारको शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा सहयोग गरिरहेको लायन्स क्लब अफ इटहरी एक्टीभकी अध्यक्ष रञ्जु सिक्देलले जानकारी दिइन् ।













Discussion about this post