इटहरी : पछिल्लो २४ घण्टामा नेपालमा थप १८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकामा १८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार १४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९६ पुगेको छ । निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहको छ ।
गत २४ घण्टामा कोरोना मृत्युदर शून्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।
अहिले देशभर एक हजार १२८ सक्रिय सङ्क्रमित छन् ।












Discussion about this post