इटहरी (डेस्क) : विश्वमा एकैदिन छ लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।
नयाँ थपिएको सङ्क्रमित सङ्ख्या केही दिनयताकै उच्च हो । विश्वमा एकै दिन झन्डै १० हजार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा छ लाख सात हजार ४८ जनामा कोरोना भाइरस पुष्टि भयो ।
यो सँगै विश्वमा जम्मा सङ्क्रमित सङ्ख्या १२ करोड ६० लाख ३३ हजार एक सय ७८ पुगेको छ ।
एकै दिन नौ हजार नौ सय ९३ जना सङ्क्रमितको ज्यान गयो । यो सँगै हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २७ लाख ६६ हजार तीन सय चार पुगेको छ ।
सङ्क्रमितमध्ये १० करोड १६ लाख ९७ हजार नौ सय ४२ जना निको भएका छन् । विश्वमा अहिले दुई करोड १५ लाख ६८ हजार नौ सय ३२ जना सङ्क्रमितको उपचार जारी छ ।












Discussion about this post