इटहरी : इटहरीस्थित पूर्व लाइनमा रहेको ट्याङ्ग्रा खोलामा शिशुको लास देखिएको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार अहिले प्रहरीले नवजात शिशुको शव खोजी कार्य गरिरहेको कछ ।
“नवजात शिशुको शवको आकृति देखिएको र फोटो खिचिएको हुनाले खोजी बढाएका हौँ,” केसीले फोन सम्पर्कमा टाकुरासँग भने, “केहीबेरअगाडि शव देखिएको भएपनि पानीले बगाउँदा खोजी गरिरहेका छौँ, शिशुलाई जन्मदिएर फालेको हुनसक्ने अनुमान गरिएको छ ।”
हाल ठाँउ-ठाँउमा पानी थुनेर शव खोज्ने काम भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post