उदयपुर : उदयपुर बेलका नगरपालिका ७ बस्ने २४ वर्षीय अनिष राईलाई लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको ।
आज विहान साढे ९ बजे बेलका नगरपालिका ८ स्थित कोठु चेकपोष्टमा बा ४ च १५१६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार रहेका राईलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट ६ केजी २५० ग्राम गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post