मोरङ : १२ जनाको आक्रमणबाट गम्भीर घाइते भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–८ गुराँस चोकका एक पुरुषको मंगलबार दिउँसो मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेका १२ जना युवाहरुको सामूहिक आक्रमणबाट स्थानीय ४९ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तामाङमाथि चैत ८ गते बिहानको राति १ बजेतिर बाँसको भाटा लगायतले आक्रमण गरिएको थियो ।
सामूहिक आक्रमणको घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल भर्ना गरिएपनि स्वास्थ्य अवस्था बिग्रिएको थियो । थप उपचारका लागि लगिएपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार रहेका छ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सन्दीप शेर्मा, रोमन मगर, सीमर लिम्बू, विशाल तामाङ, सचिन शेर्मा र सुगम लावती रहेका छन् ।
फरार हुनेमा सुशील राई, विवेक अधिकारी, पारस बुढाथोकी, सञ्जीव तामाङ, डिगबहादुर खड्का र शुक्रराज लिम्बू रहेको डीएसपी राईले बताए ।
तामाङमाथि कस्तो खालको विवादका कारण आक्रमण भएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ ।













Discussion about this post