इटहरी : सिटी सफारीको ठक्करबाट सुनसरीमा एकजनाको मृत्यु भएको छ ।
सुनसरी भोक्राहा नरसिंह ४ मिलनचोक बस्ने ५५ वर्षीय बेचन उराउको सफारीको ठक्करबाट मृत्यु भएको हो । को १ ह १५७० नम्बरको सिटीले बिपरीत दिशाबाट साइकलमा आउँदै गरेका उराउलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनको म्याक्स हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सिटी र चालक भोक्राहा १ का दिबनारायण मेहता प्रहरीको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post