मोरङ : मोरङ रतुवामाई नगरपालिका ३ बस्ने ६० वर्षीया चिन्तिदेवी ताजपुरीयाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् ।
उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक सोही स्थानका अक्षय कुमार ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post