इटहरी : इटहरीमा भीषण आगलागी भैरहेको छ । इटहरी १० स्थित तिरुपती प्लाइ हाउसमा भीषण आगलागी भएको हो ।
आगलागी नियन्त्रणबाहिर रहेकाले निभाउने प्रयास भैरहेको छ ।
इटहरी उपमहानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, उर्लाबारी नगरपालिका, इनरुवा नगरपालिका, विराटनगर महानगरपालिकाको बारुण यन्त्रले आगो निभाउने प्रयास गरेपनि नियन्त्रणमा आएको छैन ।
नेपाल प्रहरी, स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।



















Discussion about this post