तरहरा : इटहरीमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय कर्णबहादुर गुरुङको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार इटहरी १ का ७२ गुरुङलाई पैदल हिँडिरहेको अवस्थामा ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपर ब्याक गरेर साइड लगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात आक्रोशित स्थानीयले केहीबेर सडकसमेत अबरुद्द गरेका थिए । ट्रिपर चालक इटहरी १९ का अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post