धरान : प्रतिबन्धित औषधीसहित धरानका एक युवा पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धरान १० का २६ वर्षीय दिनेश खड्का प्रतिबन्धित औषधीसहित पक्राउ परेका हुन् । उनलाई आज विहान ९ बजे धरान ६ पानबारीबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रतिबन्धित औषधी सिटाडोल ३४४ क्याप्सुल र स्पास्पेन ३३३ क्याप्सुल बराद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post