इटहरी : इटहरीसहित प्रदेश १ मा आज सातजना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये दुई महिला र पाँचजना पुरुष रहेका छन् ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सुनसरीको दुहवी नगरपालिकामा १ जना पुरुष, इटहरी उपमहानगरपालिकामा १ जना पुरुष गरी २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मोरङको धनपाल थान गाउँपालिकामा १ जना पुरुष, विराटनगर महानगरपालिकामा १ जना महिला र १ जना पुरुष, उदयपुरको चौदण्डीगढी नगरपालिकामा १ जना महिला र प्रदेश नं. १ बाहिरका १ जना गरी २ महिला ५ पुरुषसहित सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३०,४४५ पुगेको छ भने डिस्चार्ज हुनेको सङ्ख्या २९,८५८ रहेको छ ।













Discussion about this post