इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने ५५९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले २४ घण्टामा १३ जनाको मृत्यु प्राप्त भएको जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ पीसीआर र एन्टिजेन परीक्षण भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको पीसीआर र एन्टिजेन परीक्षणमा थपिएका ५५९ नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमित निको भएका छन् ।













Discussion about this post