इटहरी : प्रदेश १ मा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
मोरङमा १३, झापामा आठ, सुनसरीमा दुई, धनकुटामा एक र प्रदेश १ बाहिरका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा दुई–दुई, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा एक–एक, सुनसरीको इटहरी र दुहबीमा एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा एक र प्रदेश १ बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।
हालसम्म सङ्क्रमितको सङ्ख्या ३० हजार चार सय ९६ पुगेको छ ।
सङ्क्रमित भएकामध्ये २९ हजार आठ हजार ७० सङ्क्रमणमुक्त भएका छन् ।












Discussion about this post