मोरङ : मोरङको कानेपोखरी ७ बाट प्रतिबन्धित लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रंगेली ६ का १९ वर्षीय अभिशेखकुमार मण्डल, सुन्दरहरैँचा ७ का १९ वर्षीय सुवास तामाङ र उर्लाबारी ६ का २८ वर्षीय अनमोल घिमिरे रहेका छन् ।
को २ ह ३३९६ नम्बरको अटोमा आइरहेका तीनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाइट्राभेट लागूऔषध फेला पारी बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post