इटहरी : इटहरीसहित प्रदेश १ मा आज थप ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी, र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५६५ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८७८ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित २१५ रहेका छन् ।













Discussion about this post