इटहरी : इटहरीमा शनिबार साँझ जन्ति बोकेको बसको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित इटहरीको मुख्य चौक नजिकै रहेको पश्चिम लाइनमा शनिबार साँझ ना ५ ख ११११ नम्बरको बसले विपरीत दिशातर्फ जादैँ गरेको को ३३ प २५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका इटहरी १४ का बिरेन चौधरीको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार बस र मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । दुर्घटना लगत्तै घाइते चौधरीलाई उपचारका लागि लगिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
बस चालक इटहरी १२ बस्ने सन्तोष बिक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । अन्य दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
यो पनि – जन्ति जादैँ गरेको बस इटहरीमा दुर्घटना, एकको अवस्था गम्भीर














Discussion about this post